राजनीति

अध्यक्ष मिश्रको प्रकाशमानलाई उत्तरः ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउदैन थियौं

१९ कात्तिक, काठमाडौं । बिबेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले काँग्रेसका पुर्व महामन्त्री एबम्, उपप्रधानमन्त्री एबम् क्षेत्र नम्बर १ का साँसद प्रकाशमान सिंहले एजेण्डानमात्र भन्दापनि काम महत्वपूर्ण भएको भन्ने कुराको जवाफ दिएका छन् ।
अध्यक्ष मिश्रलाई आज सोधेको प्रकाशमानको प्रश्नको उत्तरपछि प्रकाशमानको भने उत्तर आएको छैन ।

अध्यक्ष मिश्रले भनेका छन्, ‘अनि भन्नुहोलाः
तपाईंहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन। ३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायलय, समाज सबै विगार्ने तपाईंहरू, अनि दोष लगाउने हामीलाई ?’

अध्यक्ष मिश्रले प्रकाशमानको प्रश्नमा गम्भीर उत्तर दिँदै यसरी थपेका छन्, ‘हाम्रा ३ जना सांसदले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको छ। अन्यत्र काम गरेर देखाउन हामीलाई अहिलेसम्म जन अनुमोदन प्राप्त भएको छैन। जन अनुमोदन प्राप्त भए पछि पनि काम गर्न सकेनौँ भने अनि भन्नुहोलाः नारामात्र दिएर हुँदैन !’ सामाजीक सञ्जालमार्फत नेता सिंहले आजको काठमाडौंको क्षेत्र नम्बर १ को कार्यक्रममा भनेको कुराको उत्तर मिश्रले दिएका हुन् ।