राजनीति

नेपालको विकाश नचाहने तत्वले एमसीसीबारे भ्रम फैलाएः बाबुराम भट्टराई

२३ कार्तिक, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको विकाश नचाहने तत्वहरुले एमसीसीबारे नकारात्मक भ्रम फैलाएको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टीको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखा पुगेका भट्टराईले स्थानीयबासीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले छिमेकी देश चीन र भारतले एमसीसीबारे भ्रम छरेको समेत आरोप लगाएका छन् । उनले एमसिसिले नेपालको विकाशमा थप टेवा पुर्याउने समेत दाबी गरेका छन् । गोरखा गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखेका थिए ।

गण्डकी गाउँपालिकाका जनताको ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो ? भन्ने प्रश्नमा डा.भट्टराईले एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्नु भ्रम भएको समेत जवलाफ दिएका छन् ।