राजनीति

सुर्यमा ग्रहण लागिसक्यो, हामी कलम लिएर अगाडी बढेका छौंः माधव नेपाल

२४ कार्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले सुर्यमा ग्रहण लागेका कारण आफुहरु कलम लिएर अगाडी बढेको बताएका छन् ।

आज आयोजित पार्टीको कार्यक्रममा नेपालले आफुले एमालेमा हुँदा ल्याएको एमालेको चुनाव चिन्ह सुर्यमा ग्रहण लागेको बताएका हुन् ।

नेपालले अब जनताले न्यायको पक्षमा कलम नै हो भनेर चिन्ने समेत बताएमा छन् । आफु एमालेमा हुँदा सुर्य चिन्ह ल्याएपनि ग्रहण लागेपछि कलम लिएर अगाडी बढेको अध्यक्ष नेपालले बताए ।

साथै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलिए गठबन्धनले केपी शर्मा ओली गुटको पत्ता साफ गर्ने समेत चेतावनी दिएका छन् ।