२५ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसकान सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन् ।
आउँदै गरेको १४ औंँ महाधिवेशनमा सभापतिका सबैभन्दा बलिया दाबेदार रहेका प्रधानमनत्री देउवाले १४ औं महाधिवेशन मंशिर २४ गतेदेखी हुने भनिएको र मंशिर ३ गतेदेखि प्रदेश सभा अधिवेशन आईसकेकोले रणनीति तयार गर्न बालुवाटार बोलाएको अनुमान छ ।
पार्टीगत बैठकहरु बालुवाटारस्थीत सरकारी निवासमा नगर्ने भनेका भएपििन सभापति देउवाले आज उक्त बैठक आफ्नै निबासमा डाकेका छन् । सरकारी निवासलाई पार्टी कार्यालय जस्तै बनाएर आलोचनाको पात्र बनेका निबर्तमान प्रैधानमन्त्री केपी ओलीको बहिर्गमन पछि पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सरकारी कार्यालयमा पार्टीका बैठक नराख्ने बताएका थिए ।
आजको र्बैठकले आफ्नो समूहलाई बलिायो बनाउन आफ्ना पक्षका नेतालाई समर्थन गराउन खोज्ने वा महाधिवेशनको बिषयमा अन्य महत्व निर्णयका लागि छलफल गर्ने अनुमान छ । उपसभापति बिमलेन्द्र निधि अहिले सभापति देउवालाई काउण्टर दिन सभापतिका उम्मेद्वार बन्ने भन्दै घोषणा गरिसकेका छन् ।
१४ महाधिवेशनमा आफू शक्तीसाली हुन नेताहरु आ–आफ्नो स्थानबाट समूहगत छलफलमा ब्यस्त छन् । उनले उपसभापति बिजय कुमार गच्छदार, बिमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशसरण महतलगायतका नेताहरुला्रई बोलाएको देउवा निकट स्रोतको दाबी छ ।





