राजनीति

पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने नेविसंघको चेतावनी

२५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले गरेको मुल्यबृद्धीको नेविसंघले बिरोध गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बिज्ञप्ती जारी गर्दै तत्काल मुल्यबृद्धि फिर्ता गर्न माग गर्दै उक्त पेट्रोलीयम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
नेपाल आयल निगमभित्र भएका अनियमीतता, बेथिती, भ्रष्टाचार छानबिन गरी नियन्त्रण गर्नुको सट्टा जनताको ढाड सेक्ने गरी मुल्यबृद्धि गर्नु नेपाल आयल निगमको गलत कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेको छ ।