२६ कार्तिक, काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको बिबाद त्यहिँभित्रै मिलाउनु पर्नेमा जोड दिएका छन् । आफुनिकट नेता तथा मन्त्रीहरुसंग न्यायालय विवादका बारेमा परामर्श गर्दै प्रधानमन्त्री देउवाले न्यायालयभित्रको विवाद त्यहीँबाटै समाधान गर्नुपर्ने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपालबार एशोसिएसन बिगत कयौं दिनदेखी आन्दोलित छ । जसका कारण न्यायालयका काम कारबाही समेत प्रभावित हुँदा पनि राजनीतिक दल तथा सरकार मौन बसेको भन्दै आलोचना हुन थालेको छ ।
यस बिषयमा पनि छलफलमा सहभागी मन्त्रीहरुले देउवाको ध्यानाकर्शन गरेका थिए । साथै छलफलमा प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षप गर्न नमिल्ने जवाफ समेत दिएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार बेलुका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरुसँग छलफल गरेका थिए ।
साथै देउवाले बिहीबारै गृहमन्त्री बालकृष्ण खाँणसँग पनि छलफल गरेका् देउवानिकट एक नेताले जानकारी दिएका छन् । सो क्रममा देउवाले न्यायपालिकाभित्रको समस्या त्यहीँबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।





