प्रदेश 1

प्रदेश १ राजनीतिक संयन्त्रको संयोजकमा कोईराला

३० कार्तिक, काठमडौं । प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोईरालाको संयोकमा राजनीतिक संयन्त्र बनेको छ ।

उक्त प्रदेशमा पाँच दलीय गठबन्धनले उच्च स्तरिय राजनीतिक संयन्त्र बनाएको हो । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनेको केहि दिनमा प्रदेश नम्बर १ मा पनि राजनीतिक संयन्त्र बनाईएको हो । संयन्त्रमा सरकारमा सहभागी सबै दलका संसदीय दलका नेताहरु सदस्यमा रहेका छन् ।

सोमबार बसेको गठबन्धनको बैठकले सर्बदलीय संयन्त्र बनाएको नेकपा माओवादी केद्र प्रदेश नम्बर १ का संसदीय दलका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले जानकारी दिएका छन् ।

यस्तै बैठकले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन् । साथै सोमबार बसेको बैठकले मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा मतदान गर्ने पनि निर्णय गरेको छ ।