राजनीति

जनताले नै कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ भनिसकेः नेता सिंह

३० कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह १४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने बताएका छन् । आज पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४ औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताएका हुन् । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाई थियो ।

साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरेका छन् । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफुमा रहेको उनको भनाइ छ । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमाता चाहिन्छ ।’ उनले भने ‘साधारण पार्टी कार्यकर्ताबाट अहिले को अवस्था सम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’

यस्तै नेतृत्वको कारण गर्दा कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि काँग्रेसले जनमत पाउन नसकेको उनले भनाई छ । निर्वाचन पछि काँग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाए र संविधान माथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि काँग्रेस मजबुत हुनुपर्ने बताएका छन् । काँग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्त आवश्यक रहेको उनको भनाई छ । उनले जनताको माग नेतृत्व परिवर्तन भएको र नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताएका छन । मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने उनको धारणा थियो ।

‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो । नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ । उनले थपे‘ मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन ।’ साथै उनले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याया भएको गुनासो गरेको बताउँदै पार्टी भित्र सबैको सम्मान हुनुपर्ने बताएका छन् । उनले पार्टीलाई विधि संम्बत नियम संम्बत तरिकाले अगाडी बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफुले सधै पार्टी भित्र आबाज उठाउँदै आएको बताएका छन् ।

जनताका मुद्धाहरु तत्काल समाधान गरि लोकतन्त्र जोगाउनको लागी प्रभावकारी पार्टीको रुपमा काँग्रेस स्थापना गर्न आफुले सभापतिमा उम्मेद्वारी दिने उनको भनाई छ । पार्टीलाई संस्थागत गरि विधि सम्वत तरिकाले चलाउनु पर्ने उनले बताए । आउँदो दिनहरुमा आम नेपाली जनताको जिवीको पार्जन सहज गराउने आफ्नो एक मात्र उदेश्य रहेको उनको भनाई छ । ‘हामी भन्दा २० गुणा बढी जनसंख्या भएको मुलुकले विकास गरि रहँदा हामीले किन नगर्ने रु राजनीति सेवाको क्षेत्र होइन । लोभ छोड्नु पर्यो ।समाज र देशका फाईदाका लागि लड्नु पर्दछ । पार्टीलाई सहि ढ्ंगले चलाए नहुने भन्ने कुरा केही छैन ।’ नेता सिंहको भनाई थियो ।

उनले देश विकासको योजना सहित जनतामा जानु पर्ने बताएका छन् । कृषि प्रधान देशमा सबै कुरा आयत गर्नु पर्ने अबस्था जानु दुखत कुरा भएको धारणा राखेका छन् । यस्ता समस्याहरु काँग्रेसले समाधन गर्नु पर्ने उनले बताए ।