राजनीति

देउवा असफल भए, त्यसैले अबको सभापति मः नेता सिंह

१ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा असफल भएका कारण आफुले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

आज विराटनगर पुगेका नेता सिंहले बिराटनगर बिमानस्थमा पत्रकारहरुसँग कुरा गर्दै पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने  दोहोर्याएका हुन् । वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै उनले यस्तो बताएका हुन् ।  

साथै नेता सिंहले फरक प्रसंगमा सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् । न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने नेता सिंहले बताएका हुन् । एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो । ‘न्यायालय स्वतन्त्र निकाय हो ।

सरकार न्यायापालिका भईरहेको विवादको मुख दर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ ।’ नेता सिंहको भनाई थियो । साथै उनले बर्तमान स्थितिमा अर्लिइलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।