राजनीति

बारलाई कमल थापाको सुझावः प्रधानन्यायाधीश हटाउने भए पार्टी कार्यालयमा प्रदर्शन गर्नुस्

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपालबार एशोसिएसनलाई एक सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले प्रधानन्यायाधीशलाई हटाउने भए पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानन्यायाधीशलाई हटाउने हो भने अदालत अगाडि नभई पार्टी कार्यालयमा प्रदर्शन गर्न आन्दोलित कानुन व्यवसायीलाई सुझाएका हुन् ।

प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई प्रधानन्यायाधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग भएको र महाभियोग लगाउने दलले भएको भन्दै यस्तो भनेका हुन् ।

अधिकांश वकिलहरु दलसँग आबद्ध रहेको बताउदै  बारको चुनाव दलगत आधारमा हुने भन्दै थापाले प्रधानन्यायाधीशलाई हटाउने भए अदालत अगाडि नभई पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।