राजनीति

प्रकाशमानले शशांकलाई भनेः मेरो पुरानो रेकर्ड हेरेर मात्रै बोल्नुस्

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशालि नेता प्रकाशमान सिंह महामन्त्री डा.शशांक कोईराप्रति आक्रोसित भएका छन् । नेता सिंहलाई काठमाडौं बाहिर कसैले पनि चिन्दैन भन्ने अभिव्यक्ति दिएपछि नेता सिंहले कोईरालालाई जवाफ फर्काएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आज गणेशमान सिंह स्मृति फाउण्डेसने आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको भन्दै आपत्ति जनाएका छन् ।

उनले डा.शशांकतिर संकेत गर्दै पहिले काठमाडौं मै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै प्रकाशमानको रेकर्ड हेरोस् भन्दै खुल्ला चुनौति दिएका छन् ।

महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनि दिएको अभिव्यक्तिप्रति जवाफ दिँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताएका छन् ।

१२ औं महाधिवेशनमा पार्टी सभापतिले भन्दा आफूले बढी भोट ल्याएको भन्दै नेता सिंहले काठमाडौंको भोटले मात्र जितेको हुँ ? भन्दै प्रशन समेत गरेका छन् । साथै आफुले गिरिजाप्रसाद कोइरालाको उपसभापति र सुशील कोइरालाको महामन्त्री भएर काम गरेको समेत नेता सिंहले डा.कोईलालाई स्मरण गराएका छन् ।

आज एक कार्यक्रममा महानन्त्री डा.कोईरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कोहिपनि कार्यकर्ताले नचिन्ने बताएका थिए । नेता सिंहले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको समेत उल्लेख गरेका छन् ।