राजनीति

नेता सिंहको चेतावनीः काठमाडौ बाहिर कसैले चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउनेछु

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश विवादमा संसदले छानविन गर्नुपर्ने बताएका छन् ।

आज सम्पादकहरुसंगको छलफलमा नेता सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथी लागेको विभिन्न आरोपका बारेमा संसदले छानविन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालबार एशोसिएसनले प्रधानन्यायाधीश जबरामाथी विभिन्न आरोप लागउँदै राजीनामाको माग गरि बिगत दुई सातादेखी सर्बाेच्चमा धर्ना दिएको विषयमा नेता सिंहले यस्तो बताएका हुन् ।

साथै नेता सिंहले महामन्त्री डा.शशांक कोईरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले चिन्दैन भनेर दिएको अभिव्यक्ति प्रति पनि प्रतिक्रिया जनाएका छन् ।

उनले आफुलाई काठमाडौं बाहिर कसैले चिन्दैन भन्नेलाई आगामी महाधिवेशनमा देखाउने चेतावनी समेत दिएका छन् । साथै पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागत रुपले सञ्चालन गर्न आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।