राजनीति

अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डलाई आग्रहः एमसीसिबारे छिटो निर्णय लिनु

३ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसिको विषयमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज प्रचण्डसंग शिष्टाचार भेटघाट गर्दै एमसीसिबारे छिटो निर्णय लिन आग्रह गरेका हुन् ।

जवाफमा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताएका छन् ।

साथै प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको पनि लु लाई बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

मल्लका अनुसार भेटवार्ताका क्रममा प्रचण्डले एमसीसीको विषयमा माओवादी केन्द्रको मिहिनेत नेपालका सबै पक्षसँग छलफल गरेर साझा समझदारी बनाउनुमै हुने बताएको जानकारी दिएका छन् ।