राजनीति

प्रचण्ड र विप्लवबिच भेटवार्ताः कम्युनिष्ट एकताबारे महत्वपुर्ण निर्णय हुने संकेत

४ मंसिर, काठमाडौं । पार्टी एकताको हल्ला चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव विप्लबबिच भेटवार्ता भएको छ । दुई पार्टीबिच पार्टी एकताको प्रयासका लागि बिभिन्न भेटघाट तथा छलफल हुँदै आएको थियो ।

साथै आज बिहान माओवादीका प्रवत्ता कृष्ण बहादुर महराले बिप्लवलाई प्रचण्ड निवाससम्म लगेको श्रोतले जानकारी दिएको छ । प्रचण्ड र विप्लबबिच भएका भेटमा पार्टी सहकार्यको विषयमा छलफल भएको बताईएको छ ।

तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने विषयमा सकारात्मक छलफल भएको बताईएको छ ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए र पछि उनी वैद्यबाट पनि अलग हुँदै आफ्नो नेतृत्वका नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।