४ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश क र ख मा क्रमशः प्रल्हाद कार्की र सुमन श्रेष्ठ निर्बिरोध निर्बाचित भएका छन् ।

नेपाली काँग्रेसका पुर्व महामन्त्री एबम् आउँदो १४ औं महाधिवेशनमा सभापतिका प्रभाबशाली उम्मेद्वार प्रकाशमान सिंहको निर्बाचन क्षेत्र रहेको उक्त क्षेत्रमा प्रदेश सभा सभापतिसहित सबै पदहरुमा सर्बसम्मती रुपमा पदाधिकारी तथा प्रतिनिधिहरु निर्बाचित भएका छन् ।

नेपाली काँग्रेसको २४ गतेदेखी सम्पन्न हुन गईरहेको केन्द्रीय महाधिवेशन अगाडी वडा, नगर र प्रदेश सभा अधिवेशन लगभग देशभर आजपछि सकिने तर्खरमा छ भने मंसिर ६ गते क्षेत्रीय, १० गते जिल्ला, १६ १७ गते सातै प्रदेश अधिवेशन सम्पन्न भएपछि केन्द्रीय अधिवेशनको लागि नेपाली काँग्रेस लम्कने देखिन्छ ।
प्रदेश सभा साँसद दीपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङलगायतका क्षेत्र नम्बर १ का काँग्रेस नेताहरुको खटाईले सर्बसम्मतीमा नेतृतव चयन गर्न सफल भएको स्थान्ीय नेताहरु बताउँछन् ।

नेपाली काँग्रेसकोमात्र नभएर काठमाडौंकै केन्द्रको रुपमा हेरिने बानेन्श्वरले राजनीतिमा देशकै महत्वपूर्ण अर्थ राख्ने पुराना नेताहरु बताउँछन् ।

प्रदेश सभा अधिवेशनमा नेता सिंहले कुनैपनि हस्तक्षेप नगरेको र सबै मिलेर अगाडी बढ्न शुभकामना पठाएको बताईएको छ ।

काठमाडौं १ का क र ख का प्रदेश सभाका सर्बसम्मती नेतृत्व चयनले देशभरका काँग्रेसका आगामी निर्बाचनलाई मार्गदर्शकका रुपमा लिने अनुमान लगाईन्छ ।





