राजनीति

महामन्त्री डा कोइराला पुगे चाक्सीबारीमाः अपमाान गर्न नखोजेको जवाफ

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा आज भएको भेटमा १४औँ महाधिवेशनका बारेमा छलफल भएको हो । महामन्त्री कोइराला र नेता सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताइएको छ ।

केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताएका थिए ।

महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए । महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।