राजनीति

देउवा पुगे सुनसरी, कोईरालाको पकड प्रदेशलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी

५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा आज सुनसरी जिल्ला जाने भएका छन् ।

केहीदिन अगाडीमात्र धरानको एक कार्यक्रममा भाग लिन प्रधानमन्त्रीको हैशियतमा सुनसरी गएका देउवा आज दिनको १२ वजे देवानगंज गाउॅपालिकाको नव निर्मित भवन उदघाटन गर्न देवानगंज गाउँपालीका जान लागेको नेबिसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्बाचन क्षेत्रमा पर्ने देवानगञ्जमा मन्त्री कार्कीकै अनुरोधमा प्रमुख अतिथीको रुपमा उक्त पालीका जान लागेका हुन् । आउँदै गरेको मंसिर २४ गतेको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सभापतिका सबैभन्दा बलिया उम्मेद्वार रहेका देउवा भोली वा मंरिस ६ गते हुने भनिएको सुनसरी लगायतका पुर्वी प्रदेशका क्षेत्रीय अधिवेशनमा प्रभाव पार्न भ्रमणमा गएको राजनीतिक रुपमा लिईन्छ ।

सभापतिमा आफूलाई बलियो बनाउन देउवालगायत अन्य आकांक्षीहरु पनि सकृय भएर लागेका छन् । प्रदेश नम्बर १ देउवा पक्षको कमजोर देखिएको भएपनि पछिल्लो अवस्थामा केही सुधार हुँदै गएको बताईन्छ । सुनसरीमा १२ स्थानीय तहमध्ये १० पार्टीका स्थानीय तह कोईराला पक्ष वा देउवाईतरको पक्षले बिजय गरेको छ भने मन्त्री कार्कीको क्षेत्रका बराहक्षेत्र र कोशी गाउँपालीकामा भने आफ्नो पक्षलाई भारी मतका साथ बिजयी गराउन मन्त्री कार्की सफल भएका छन् ।
सभापति देउवा समूहमा लामो समयदेखी रहेका काँग्रेस राजनीतिमा लागेका मन्त्री कार्की सभापति देउवाको प्रदेश नम्बर १ का लागि सबैभन्दा बिस्वासपात्र हुन् । नेपाली काँग्रेस सुनसरी जिल्ल सभापति एबम् प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोईरालालाई मुख्यमन्त्री नबनाएकोमा सभापति देउवाको प्रदेश नम्बर १ मा आलोचना समेत भएको थियो । स्थानीय रुपमा लोकप्रीय नेता कोईरालालाई कोईराला भएकै कारण मुख्यमन्त्री नबनाएको आरोप प्रदेश नम्बर १ का काँग्रेस कार्यकर्ताले लगाएका छन् । पछिल्लो समयमा नेकपा एकीकृत समाजबादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाईएको छ ।

नेपाली काँग्रेसका कुनैबेलाका शक्तीसाली पार्टी सभापति गिरिजा प्रसाद कोईरालाको क्षेत्र रहेको मोरङ र सुनसरीलाई आफ्नो पक्षमा ल्याउन निकै गाह्रो भएपनि देउवा पक्षले निकै सुधार गरेको स्थानीय नेताहरु बताउँछन् ।