प्रवास

परराष्ट्रले फेरी लगायो एनआएनएलाई महाधिवेशन गर्न रोकः पन्त यसो भन्छन्

६ मंसिर, काठमाडौं । एनआएनएको दशौं अन्तराष्ट्रिय महाधिवेशनमा सरकारले रोक लगाएको छ । परराष्ट्र मन्त्रालयले एक पत्र लेख्दै गैर आवासीय नेपाली संघ (एनआएनएको) दशौं अन्तराष्ट्रिय महाधिवेशन गर्न वर्तमान कार्य समितिलाई रोक लगाएको हो ।

दशौं अन्तराष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फ मात्र गराउन भन्दै मंसिर ३ गते परराष्ट्र मन्त्रालयले एनआएनए अन्तराष्ट्रिय समन्वय समितिलाई पत्र लेखेको छ । यस विषयमा एनआएनएका अध्यक्ष कुमार पन्तले गम्भिर आपत्ति जनाएका छन् । परराष्ट्रको निर्देशन ठाडो राजनीतिक हस्तक्षप भएको भन्दै न्यायीक लडाई लड्ने अध्यक्ष पन्तले चेतावनी दिएका छन् ।

विधान बमोजिम आफ्नो कार्यकाल थपिएको भन्दै परराष्ट्रको निर्देशन बिरुद्ध कानुनी लडाई लड्ने बताएका छन् । एनआरएन अन्तराष्ट्रिय समन्वय समितिले दशौं अन्तराष्ट्रिय महाधिवेशन डिसेम्बरको १९–२० तारिखमा काठमाडौंमा गर्ने तय गरेको थियो ।

भने वर्तमान अन्तराष्ट्रिय समन्वय परिषदको कार्यकाल पुरा भएको भन्दै परराष्ट्रले उसलाई संस्थालाई दुरगामी असर गर्ने कार्य नगर्न–नगराउन निर्देशन दिएको छ ।