राजनीति

निर्वाचनमा कांग्रेसलाई बहुमतले जिताउने बाचा गर्दै निधिद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

९ मंसिर, काठमाडौं । आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतले जिताउने बाचा गर्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै निधिले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उपसभापति निधिले पाँच वर्षमा पुरा गर्ने भन्दै बिभिन्न बचा समेत लिएका छन् । नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचा गरेका हुन् ।