राजनीति

देउवालाई ओलीले भनेः मेरो खुट्टा तान्ने हरुले नै तपाईको खुट्टा समातिरहेका छन्

१० मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् । चितवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले देश बनाउनका लागी एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका हुन् ।

साथै ओलीले आफुले गरेको संसद विघटन सहि रहेको समेत बताएका छन् । यस्तै फरक प्रसंगमा ओलीले संविधान संशोधन गर्ने संकेत दिएका छन् । उनले नेपाली जनताले बनाएको संविधान आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने समेत बताएका छन् ।

ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताएका हुन् । ओलीले कसैलाई सत्रु या मित्रका रुपमा नलिएर आपसि समझदारी र सहकार्यबाट अगाडी बढ्न चाहेको समेत बताएका छन् । ओलीले आफु सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै देउवालाई काम गर्न नदिएको हुनसक्ने समेत बताएका छन् ।

आफ्नो खुट्टा तान्नेले नै देउवाको खुट्टा समातिरहेको ओलीको भनाई छ । ओलीले अन्तरिक्ष नेपालको भएको भन्दै साना भूउपग्रह यसअघि नै पठाइसकिएको र अब ठूलो भूउपग्रह पठाउने पनि बताएका छन् ।