१२ मंसिर, काठमाडौं । विभिन्न क्याम्पसहरु समेटिएको पालिकानगर हैसियतको पार्टी शाखा कमिटीको अध्यक्षमा मिनराज पाण्डे चयन भएका छन् । पाण्डे अनेरास्ववियू (क्रान्तिकारी) आर आर को इन्चार्ज तथा क्याम्पस जिल्ला समितिको सह-सचीव पनि हुन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी विशेष महाशाखा अन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस र शंकरदेव क्याम्पस समेटिएको पार्टी शाखा कमिटीको अध्यक्षमा पाण्डे चयन भएका हुन् । त्यसैगरी सचिवमा सोनी भट्टराई र कोषाध्यक्षमा विनायक सुनार चयन भएका छन् ।
उपाध्यक्षमा सुरेन्द्र पुन, सन्तोष अधिकारि, सबिन अधिकारी र सह सचिब आशा उपरकोटि चयन भएका छन् । साथै विनोद खड्का लगाएतका ५५ जना सदस्यमा चयन भएका छन् ।





