१९ मंसिर, काठमाडौं । राप्रपाका पराजीत अध्यक्ष कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु भनेका छन् । आज मतगणना सम्पन्न भएपछि सामाजिक सञ्जालमा प्रतिकृया दिँदै उनले पुर्व राजा ज्ञानेन्द्र शाहतिर संकेत गर्दै आफूलाई पराजीत गर्न निर्मल निवास लागेको दाबी गरेका छन् ।
अध्यक्ष थापाले आफूले राजसंस्थाको बिषयमा बोल्नुपर्ने कार्यमा छुट पाएको प्रतिकृया दिँदै पुर्व राजा ज्ञानेन्द्र शालाई ट्वीट पनि गरेका छन् । उनले भनेका छन्, सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
निबर्तमान अध्यक्ष थापाले हार स्वीकार गर्दै भनेका छन्, प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
उनले प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। भनेका छन् ।
उनको स्टाटस् ः प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।






