राजनीति

राप्रपाका नवर्निवाचित अध्यक्ष लिङदेनले लिए सपथः कमल थाप आएनन्

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले सपथ ग्रहण गरेका छन् । आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष लिङदेनसहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने आएनन् । नवनिर्वाचित अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिएका हुन् ।

त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले शपथ खुवाएका थिए । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनलाई प्रमाणपत्र वितरण गरेका थिए ।