बाग्मती

कांग्रेस बागमती प्रदेशका सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

२० मंसिर, कामठाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।उ नि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

आइतबार सम्पन्न निर्वाचनबाट उनले एक हजार ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिएका छन् ।

१३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७७ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ । आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए ।