राजनीति

गुटबन्दी हटाए आगामी स्थानीय तह/प्रदेश/प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी हुन्छः उपसभापति गुरुङ

२३ माघ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले बिपी कोईराला, शुवर्ण शम्सेरजस्ता नेताहरुको सम्झना गर्ने समय आएको बताएका छन् । उनले गण्डकी प्रदेश काँग्रेस कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै गणेशमान सिंहको जस्तो आवश्यक्ता, किशुनजीको जस्तो निष्ठा आवश्यकता भएको बताए ।
उनले उक्त कार्यक्रममा बोल्दै गिरिजा प्रसाद कोईराला जस्तो चट्टानी अडान र शुसील कोईरालाको जस्तो चट्टानी अडान आवश्यक्ता भएको नेता आवश्यक्ता भएको बताए ।
उपसभापति गुरुङले काँग्रेस दायाँ पट्टीको बाटो वा बाँयापट्टीको हिड्ने भन्नेमा अन्योलता भएको भन्दै त्याग र निष्ठा अनि समर्पण अनि बिधी र बिधानको कुरा गरेपनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा पार्टी बलियो हुन नसकेको बताए ।
उपसभापति गुरुङले आफु रुपान्तरण हुँदामात्र पार्टी रुपान्तरण हुने भएकोले आफु बदलिएरमात्र काँग्रेस बदल्न सक्ने भन्दै काँग्रेसबाहेक अरु पार्टीले देशको मुहार फेर्न नसक्ने बताए ।
काँग्रेसलाई पटक–पटक इतिहासले जिम्मेवारी दिँदा पनि काँग्रेसले त्यसलदाई जनता र देशको पक्षमा पुरा गर्न सक्नुपर्ने भएपनि नसक्दा काँग्रेसलाई अप्ठ्यारो पर्दै गएको बताए ।
उनले इतिहासले पटक पटक काँग्रेसलाई निर्बाचन गर्ने जिम्मेवारी दिएको स्मरण गर्दै जित हारको पद्धती नै जितहारको भएको हुँदा हार्नेले सकिए भन्ने र जित्नेले सबै संसार जिते भन्ने सोच्नुपर्ने बताए । उनले काँग्रेसको १४ औं महाधिवेशनमा जसले जिते पनि, जुन समूहबाट जितेपनि अधिवेशनपछि समूहहरु समाप्त भएको दाबी गरेका छन् ।
उनले अबको निर्बाचनमा कााग्रेस सभापति शेरबहादुर देउवाले यो मेरो र उ तेरो नभनि निर्बाचनमा टिकट दिने कार्य गरेमा काँग्रेसले निश्चिय नै विजय हुने भन्दै यो राजनीतिक अप्ठ्यारो हटाउन सबैले चाँजोपाँजो मिलाएर अगाढी बढ्दै हिँडेमा राम्रो हुने बताए।

उपसभापति गुरुङले शेरबहादुर देउवालाई सर्बोच्च अदालतले टिका लगाएर प्रधानमन्त्री नदिएको भन्दै बहुमत साँसदको हस्ताक्षरले जनादेशबाट बनेको सरकार भएको हुँदा त्यसलाई बिश्वासको मत लिएर गएको स्मरण गर्न प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् ।
उनले काँग्रेसको अर्जुन दृष्टी अब स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा हुनुपर्ने बताउँदै त्यसका लागि काँग्रेसका नेतृत्वमा रहेका सबै लाग्नुपर्ने बताए । काँग्रेस बिरुद्ध जाने काँग्रेस बिरुद्धका काँग्रेसीहरुलाई अनुसासनको दायरामा ल्याएर कारबाही गर्ने भन्दै काँग्रेसले आगामी ५ बर्षका लागि देश नै काँग्रेसमय हुने भन्दै सबै भन्दा ठूलो पार्टी काँग्रेस हुनेमा कुनै शंका नभएको बताए ।