प्रदेश 1

पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

७ फागुन, झापा । जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषले पत्रकार मनिषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ ।

बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया पत्रकारिता पुरस्कारबाट मनिषा चौलागाईँ, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट पुस्तकालय र उत्कृष्ट कृतिका लेखक राजेन्द्र सङ्ग्रौलालाई सम्मान गरिएको हो । उहाँहरुलाई नगद रु २१ हजारका दरले साहित्यकार तथा नेपाल सरकारका पूर्वमुख्यसचिव भोजराज घिमिरेले सम्मान गर्नुभएको थियो । विसं २०७७ मा प्रकाशित कृतिमध्ये सर्वोत्कृष्ट कृति सङ्ग्रौलाको सङ्क्रमण उपन्यास भएको थियो ।

प्रजातन्त्र दिवसमा १५ कैदीबन्दी रिहा

जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा आज विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् । कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहामा परी उनहिरु छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्तव्य ज्यानमा पाँच, डाका मुद्दाका चार, सवारी ज्यानमा एक र बहुविवाहमा पाँच जना रिहा भएका हुन् । बाइस वर्ष उमेर समूहदेखि ६६ वर्षसम्म उमेर भएका कैदीबन्दी छुटेका छन् ।