प्रदेश 1

नगरपालिकाद्वारा दमक क्याम्पसलाई सहयोग

१७ फागुन, दमक । दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा रु १० लाख सहयोग उपलब्ध गराएको छ ।
आज यहाँ आयोजित कार्यक्रम नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा सहयोग पु¥याउन सहयोग उपलव्ध गराएको बताए। क्याम्पस सञ्चालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएका क्याम्पस प्रमुख डा नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्षका स्मृतिमा प्रवेशद्वार

दमक– १० का पूर्व वडाध्यक्ष मोति इङनामका स्मृतिमा प्रवेशद्वार निर्माण गरिने भएको छ । स्थानीय गोर्खाली टोल करिब रु १४ लाखको लागतमा प्रवेशद्वार बनाउन लागिएको हो । इङनाम परिवार, वडा कार्यालय तथा टोल विकास संस्थाको लगानीमा निर्माण हुने प्रवेशद्धारको आज शिलान्यास गरिएको वडाध्यक्ष इन्द्र गुरुङले बताए । पूर्ववडाध्यक्ष इङनामको एक वर्षअघि कोभिडका कारण निधन भएको थियो ।