उर्जा

विद्युत नियमन आयोग गौतम डंगोलद्वारा सपथ ग्रहण

२४ चैत, काठमाण्डौ । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण लिएका छन । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गरएका हुन । आयोगका तत्कालीन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजीनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चत ६ गते डंगोललाई नियुक्त गरेका हो । ललितपुर निवासी सदस्य डंगोलसँग झण्डै २ दशकदेखि बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ । डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको विचार आयोगका अध्यक्ष सिंहले व्यक्त गरे । सो अवसरमा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्तलगायतले समेत आफ्नो भनाइ राखेका थिए । स्मरणरहोस्, विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत महसुल नियमन गर्न, विद्युत उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युतको बजारलाई प्रतिस्पर्धात्मक बनाउन तथा विद्युत सेवालाई भरपर्दोे, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउने उद्देश्यका साथ नेपाल सरकारबाट विद्युत नियमन आयोगको स्थापना भएको हो ।