२५ चैत्र, काठमाडौं । स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेस (वी.पी.) तारकेश्वर नगरपालिका वडा नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ ।
बिहिबार नेपाली काँग्रेस (वी.पी.) का उप-सभापति विष्णुप्रसाद ढकालको उपस्थितिमा भएको भेलाले वडा अध्यक्षतामा रंजित घले दलित महिला सदस्यमा सरिता वि.क., खुल्ला महिला सदस्यमा गोमा फुयाँल, सदस्यहरुमा लक्ष्मण भण्डारी र नारायण तामाङलाई सर्वसम्मत रुपमा उम्मेदवार उठाउने निर्णय गरेको भेला पछी केन्द्रिय उपसभापति ढकालले जानकारी दिए ।
तारकेश्वर नगरपालिकाको मेयरका लागि उपसभापति ढकालको चर्चा रहेको छ ।





