समाचार

अल्फा अटोमोटिभले नेपाल भर बिक्रि अनुमती पायो


२७ चैत, काठमाडौँ । विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्रि अनुमती पाएको हो । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन्, उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइ द्वारा सम्मान गरिएको छ । प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर छन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोदले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व-पश्चिम राजमार्ग (मेची – महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् ।
विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा ” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर रु. ५००,०००/- को चेक हस्तानतरण गरेको छ साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइबाट हस्तानतरण गरे ।