समाचार

काँग्रेस (वी.पी.) द्वारा वडा सदस्य निर्वाचित


२७ चैत्र, काठमाडौं । कास्की जिल्ला पोखरा ८ मा २०५४ सालमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित शहिद परिवारकी सदस्य आशा देवी गुरुङ्ग, मकवानपुर जिल्ला थाहा नगरपालिका ४ का नेकपा (माओवादी केन्द्रका) नेता अशोक लामा र नेकपा (माओवादी केन्द्रक) निकट मजदुर युनियनको पूर्व काठमाडौं जिल्ला इन्चार्ज मकवानपुर पालुंगका श्याम तामाङ लगाएतको समुहले पार्टी परित्याग गरि शनिबार नेपाली काँग्रेस (वी.पी.) को सदस्यता लिएको छ ।

शनिबार केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीका उप(सभापति पुष्पराज पराजुली, महामन्त्री देवेन्द्र प्रकाश पौडेल, सह(महामन्त्री जगन्नाथ घिमिरे, केन्द्रिय सदस्य तरुण दल अध्यक्ष प्रधुम्न जंग कार्की र मकवानपुर जिल्ला सभापति बिर बहादुर भोम्जन लगाएतको उपस्थित रहेको थियो ।

उनीहरुलाई टिका र खादा लागेर पार्टीमा स्वागत गरिएको थियो ।

उक्त प्रवेश पछी मकवानपुर जिल्ला सभापति बिर बहादुर भोम्जनले जिल्ला उप(सभापतिमा श्याम तामाङ र मकवानपुर संघीय क्षेत्र नम्बर २ को सभापतिमा अशोक लामा मनोनयन गरेका थिए ।