मनोरञ्जन

अमर दिप विसी र कला विसीको आवाजमा’बोल्नै छोड्यौ त ‘ सार्वजनिक

२७ चैत, काठमाडौँ । नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएको गीतम रोडमा तिमी करोडमा गीतको अपार सफलता पछी गायक अमर दिप विसी र गायिका कला विसीको आवाजमा रहेको मौलिक लोक दोहोरी गीत ’बोल्नै छोड्यौ त ‘ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ ।
मायालुले पराई ठानेर अर्कौको अंगालोमा बाधिदाको वियोगान्त भावलाई गीतमा समेटिएको छ । अमर दिप विसी र लक्ष्मण विश्वकर्माको लय सिर्जना तथा अलिफ खानको एरेन्ज गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ’बोल्नै छोड्यौ त ‘ गीतको भिडियोमा गोविन्द बहादुर थापा , कल्पना कार्की र कृष्ण केसीको अभिनय रहेको छ ।