प्रदेश 1

प्रितम आचार्यलाई भब्य स्वागत : नासाको इनरुवा साखा उद्घाटनमा प्रस्तुति


२८ चैत, इटहरी । नासा ईन्भेष्टमेन्ट प्रा.लिले आफ्नो शाखा कार्यालय इनरुवामा उद्घाटन गरेको छ । भब्य कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रा.लिले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो । बिराटनगरलाई केन्द्र बनाएर बिभिन क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि का प्रमुख अरबिन्द मेहेता हुन् । उद्घाटन कार्यक्रममा बरिष्ठ गायक रामा मण्डल, चर्चित बाल गायक प्रितम आचार्य, नितिन गजुरेल, प्रवालादीप बिश्वाश र प्रकाश अनुरागले आफ्नो प्रस्तुति राखेक थिए । गायक रामा मण्डलले १००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएका छन् ।

कहा छौ कहा, यो केटिको ठिक छैन चाला, हमारे डाला लगायतका आफ्ना दर्जनबन्दा बढी गीत गाएर मण्डलले दर्शकलाई मनोरञ्जन दिएका थिए । उनको प्रस्तुतिले माहौल निकै तातेको थियो । यस्तै भारतीय जी टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो सारेगामपा लिटल च्याम्सबाट देश तथा बिदेशमा ख्याती कमाएका गायक प्रितम आचार्यले आफ्नो प्रस्तुति दिएर दर्शकको मन जितेका थिए । कार्यक्रममा गायक प्रवलदिप बिश्वाशले आफ्नो चर्चित मैथिली तथा नेपालि गीत गाएका थिए भने नितिन गजुरेल तथा प्रकाश अनुरागले पनि आफ्नो नया तथा पुराना गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेकाका पुर्व कार्यकारी अधिकृत सीईओ चन्द्र सिंह साउद तथा जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक सीडीओ जोरासिंह माझीको संयुक्त हातबाट रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरिएको थियो । शाखा कार्यालयको उदघाटन संगै बिहानदेखि नै आखा, नाक कान, घाटीको स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको थियो । कार्यक्रममा इन्जिनियर कमलेश्वर ठाकुर, बान प्रदेश नम्बर १ का कोषाध्यक्ष तथा रेडियो नागरिकका संचालक अरबिन्द मेहता, नासा ईन्भेष्टमेन्ट प्रा.लि का सल्लाहकार रंजय मेहेता लगायतको उपस्थिति रहेको थियो । नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो दोस्रो शाखा यहि २७ गते सुनसरीको देवानगंजमा समेत उद्घाटन गरेको प्रालिका प्रमुख अरबिन्द मेहताले बताए ।