२ वैशाख, काठमाडौं । नेपाली काँग्रेस (वी.पी.) ले स्थानीय निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका ४५ जिल्लाहरुमा उम्मेदवार छनोटका लागि केन्द्रिय प्रतिनिधि खटाउने निर्णय गर्दै केन्द्रिय प्रतिनिधि तथा जिल्ला कार्यसमितिलाई वैशाख ७ गते भित्र महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपा(अध्यक्षको बढीमा ३र३ जनाको नाम केन्द्रमा माइन्युटको निर्णयको प्रतिलिपि सहित सिफारिस गर्न र वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको अन्तिम निर्णय जिल्ला कार्यसमितिले गरि केन्द्रमा उम्मेदवारको अन्तिम नामावलीको साथ माइन्युटको निर्णयको प्रतिलिपि पेश गर्न निर्देशन दिएको छ ।
पार्टीले केन्द्रिय प्रतिनिधिहरुलाई पार्टीको तर्फबाट उम्मेदवार चयन प्रकृयामा सहयोग गर्ने तथा अन्य राजनैतिक दलहरुसँगको तालमेलको सम्भावना भएमा आवश्यक छलफल सहित केन्द्रयमा जानकारी दिन भन्नेको छ । साथै पार्टीले केन्द्रिय प्रतिनिधिहरुलाई अविलम्ब जिल्ला पुगेर आफ्नो जिम्मेवारी पुरा गर्न पनि निर्देशन दिएको छ ।
पार्टीले उम्मेदवार सिफारिस तथा चयन गर्दा संवैधानिक व्यवस्था अनुसार समावेशी आधारमा गर्न पनि निर्देशन दिएको छ ।
पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दर्ता नभएका बाकी ३२ जिल्लाहरुमा केन्द्रबाट नै उम्मेदवार चयन गरिने केन्द्रिय कार्यालय सचिव सुशीलराज वाग्लेद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा जनाइएको छ ।
पार्टीले आज केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच केन्द्रिय समितिले प्रकाशित गरेको २०७९ सालको भित्तेपात्रो (क्यालेन्डर) पार्टीका सभापति सुशीलमान शेरचनबाट सार्वजनिक (विमोचन) गरेको छ ।





