मनोरञ्जन

सुन्दरी मोडल लक्ष्मीसँग रोमान्स गर्दागर्दै भेटीए ह्याण्डसम मोडल जिम्बे


८ वैशाख, काठमाडौं । गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीत रिलिज गरिएको छोटो समयमा नै ट्रेण्डिगंमा आएको छ । जसमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ ।

गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ ।

रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएका मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् । सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।

गीतकार तथा मोडल राईले यसअघि रिलिज गरेको ‘ए जिन्दगी’ बोलको गीतले राम्रो चर्चा कमाएको थियो । सोही गीतबाट पनि हौसिएका मोडल राईले एकपछि अर्को गर्दै नयाँ–नयाँ सिर्जनाहरु बजारमा ल्याइरहेका छन् ।