मनोरञ्जन

स्वर सम्राट नारायण गोपालको गीत ‘मलाई माफ गरिदेउ’ को पन्जाबी भर्जन रिलिज

८ वैशाख, काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ। कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको लोकप्रिय गीत ‘मलाई माफ गरिदेउ’ को कभर गीत सार्वजनिक भएको छ।
लन्डनमा बस्दै आएका पन्जाबी गायक गेभी सिंहले ‘मलाई माफ गरिदेउ’ गाएका छन। उक्त गीतको भिडियोलाई एम टि एस प्रोडक्सनले निर्माण गरेका छन भने गीत संसार ब्ल्गको यूट्युब च्यानलबाट रिलिज गरीएको छ। लन्डनमै खिचिएको यो गीतको निर्देशन जि एस जोन्नीले गरेका हुन्
संसार ब्ल्गको मुख्य उद्देस्य बिदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गरु भन्ने रहेको छ। त्यसैले संसार संसार ब्ल्गले नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई नेपाली गीत गाउन लगाएका हुन् ।
पन्जाबी गायक गेभी सिंहले ‘माफ गरिदेउ’ लार्इ सरल ढंगमा राम्ररी गाएका छन्।गीतले अहिले राम्रै प्रतिकृया पाईरहेको छ।