मनोरञ्जन

सौगात, बुद्धि र दीया स्टारर ‘मन्त्र’ आजदेखि हलहरुमा

१६ वैशाख, काठमाडौं । शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।
मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको चलचित्रले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
गत बुधबार राजधानीमा गरिएको ‘प्रिमियर’मा चलचित्रकर्मीबाट ‘मन्त्र’लाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो ।
छायाँकन, लोकेशन, ब्याकराउण्डस्कोर, कथावस्तुलाई चलचित्रकर्मीले खुलेर प्रशंसा गरेका थिए ।
चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ ।
चलचित्रलाई आम दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको
कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ ।