मनोरञ्जन

उदय सोताङ र गीताको स्वरमा ‘थाहा छैन’ सार्वजनिक


१६ वैशाख, काठमाडौँ । लोकप्रिय गायक उदय सोताङ र गायिका गीता शर्माको सुमधुर स्वरमा समावेश ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिकाको न्युयोर्क निवासी गीतकार सुमन योञ्जनको गीतमा शब्द रहेको छ भने गीतलाई गायक सोताङले नै संगीतवद्द गरेका हुन्। गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा मुकुन भुषाल र बिमला लिम्बु फिचर्ड छन्। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो। देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।