समाचार

श्रोत नखुलेको नगद रु. १६ लाखसहित २ जना व्यक्तिहरु नियन्त्रणमा

१७ वैशाख, काटमाडौँ । श्रोत नखुलेको नगद रु.१६ लाखसहित २ जना व्यक्तिहरु नियन्त्रणमा लिइएको छ ।
उक्त व्यक्तिहरु चितवन भरतपुर महानगरपालीका वड नं. ११ घर भई हाल तनहुँ बन्दिपुर बस्ने बर्ष ३१ को दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने बर्ष ३३ को सागर जादव रहेको छ ।

२:४० बजेको समयमा का.जि.का.म.न.पा.१६ माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा नखुलेको नगद फेला पारी सुनार र जदावलाई उक्त नगदसहित नियन्त्रणमा लिइएको ।

घटनाको सम्बन्धमा प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।