१८ वैशाख, काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज ईलामस्थित रणशार्दुल गण र ताप्लेजुङ्ग जिल्लास्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले, गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।
निरीक्षणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा, आसन्न ‘स्थानीय तह निर्वाचन-२०७९’ को सुरक्षामा केन्द्रित रही ईलाम जिल्लास्थित दानाबारी ईलाकामा स्थापना गरेको Company Operating Base को निरीक्षण गरी उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिई ऋइद्य मा तैनाथ सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले १९ गते झापा जिल्लास्थित श्री नं. २१ बाहिनी अड्डाको निरीक्षण भ्रमण र नेपाली सेनाद्वारा निर्वाचनलाई लक्षित गरी, सिराहा जिल्लास्थित सुखीपुर ईलाकामा स्थापना गरेको Company Operating Base को निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।





