मनोरञ्जन

रामचन्द्र काफ्ले र सानु महराको उछिट्याउने दाउ सार्वजनिक


१९ वैशाख, काठमाडौं । रामचन्द्र काफ्ले र सानु महराको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द तथा संगीत र राजिव शाहको एरेञ्ज रहेको उछिट्याने दाउ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

डिएआर डिजिटल नामक युट्युव मार्फत सार्वजनिक भएको गीतको भिडियो दिपेश एसकेले निर्देशन गरेका हुन् । नरेश ऐरले छायाँकन गरेको भिडियोमा दिपेश एसकेका साथमा भावना सिंह, विजय रिमाल र सबिना मगरको नृत्य र अभिनय रहेको छ भने तुलसी बाँस्कोटाको सम्पादन र कृष्ण गौतमको रंग संयोजन रहेको छ ।