आर्थिक

बैंक अफ काठमाण्डू र होटल एशियातिक बीच सम्झौता


२७ वैशाख, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिकले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।