सुदूरपश्चिम

डडेल्धुराको पाँच पालिकामा मतगणना जारी


३१ वैशाख, डडेल्धुरा । डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।

अन्य दुई  पालिकामा आजै मतगणना सुरू हुने बताए। भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए।  अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ । 

गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिएका छन् ।