कर्णाली प्रदेश

हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता


३१ वैशाख, रसिमकोट । ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहेका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले २४४ मत प्राप्त गरेका छन् ।

वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गरेका हुन् । उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गरेका छन्, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का सम्पती शाहीले ३८ मत ल्याएका छन् भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गरेका छन् ।