समाचार

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता


३१ वैशाख, दाङ । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिएका छन् ।

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपा(एमाले)का उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा वडा नं १४, १८ र १९ को मतगणना भइरहेको छ ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९  अर्थात्  ६७.७६ प्रतिशत मत खसेको थियो ।