७ जेठ, सोल । अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलका बीचमा शनिबार भेटवार्ता भएको छ ।
योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो ।
आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उनीहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन गरे । उनले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनीहरूले आणविक हतियारसँगै रुस-युक्रेन युद्धलगायत विषयमा पनि छलफल गरेका जनाइएको छ ।
त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।





