सुदूरपश्चिम

कृष्णपुर नगरपालिकामा कांग्रेसका ओझा प्रमुख र राना उपप्रमुखमा निर्वाचित


८ जेठ, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकामा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी)केन्द्रका जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित भएकामा  निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेकी छिन् । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएको थियो ।