सूचना प्रविधि

“लोकप्रिय Ruslan  FM 95.2 पुनः सञ्चालनमा”

१३ जेठ, काठमाडौं । केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको Ruslan  FM 95.2 पुनः सञ्चालनमा आएको छ । “Only Music”/गीतलाई मात्र प्राथमिकता दिने Ruslan  FM 95.2 फेरी श्रोतामाझ फर्किएको छ । सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पु¥याई रहेको Ruslan  FM 95.2द्द ले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको छ । नेपाली गितका साथसाथै Ruslan  FM 95.2 मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ ।

“पहिला भन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं”, Ruslan FM का प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भने।

बिहान ६ बजे बाट राति १२ बजे सम्म सञ्चालन हुने Ruslan  FM 95.2 मा बिहान ६ देखि ८ बजे सम्म “Work Out Beats”,, बिहान ८ देखि ११ बजे सम्म “Rush Hour Beats”, बिहान ११ देखि दिउँसो ४ बजे सम्म “Chill Beats”, दिउँसो ४ देखि बेलुकी ७ बजे सम्म “In-Trend” र बेलुकी ७ देखि राती १२ बजे सम्म “Vibrant Beats” गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने छ ।