राजनीति

सामाजिक सुरक्षा अभावमा रहनेका लागि हो, हाम्रो परिवारले अहिलेसम्म लिएको छैनः वरिष्ठ नेता पौडेल

१९ जेठ, काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले म र मेरो परिवारमा कसैले पनि यतिबेलासम्म सामाजिक सुरक्षा भत्ता लिएका छैनौं भनेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सुविधाको उपयोग गर्दा आफ्नो जीवनस्तरसंग दाँजेर मात्र गर्न राम्रो हुने विचार दिएका छन् ।
सामाजिक सुरक्षा अशक्त र अभावमा रहनेहरुका लागि भएको बरिष्ठ नेता पौडेलको दाबी छ ।
उनले त्यसकारणले सामाजिक सुरक्षा भत्ता अभाव नहुनेहरुले त्यो सुविधा उपयोग गर्नु हुँदैन भनेका छन् । काँग्रेस नेतृत्वको सरकारले ६८ वर्षमा नै दिने भनिएको बृद्धभत्तालगायतमा काँग्रेस वरिष्ठ नेता पौडेलले अहिलेसम्म नलिएको र अब नलिने पनि स्पष्ट गरेका हुन् ।

उनको ट्वीटः सामाजिक सुरक्षा अशक्त र अभावमा रहनेहरुका लागि हो । त्यसकारणले सामाजिक सुरक्षा भत्ता अभाव नहुनेहरुले त्यो सुविधा उपयोग गर्नु हुँदैन । म र मेरो परिवारमा कसैले पनि यतिबेलासम्म सामाजिक सुरक्षा भत्ता लिएका छैनौं । यो सुविधाको उपयोग गर्दा आफ्नो जीवनस्तरसंग दाँजेर मात्र गर्न राम्रो हो ।