अन्तर्राष्ट्रिय

बेलायतकी महारानीको राज्यारोहणको ७० औँ बर्षगाँठ समारोहमा सहभागी हजारौँद्वारा उच्च सम्मान


१९ जेठ, लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई उनले सत्ता सम्हालेको ७० औँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित ऐतिहासिक समारोहको पहिलो दिन उनलाई थप दीर्घजीवनको शुभकामना व्यक्त गरिएको छ ।

महारानीको बुढ्यालीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उनी सार्वजनिक रूपमा उपस्थित हुन सक्नेमा आशङ्का गरिएको थियो । जब उनले हजारौँ शुभचिन्तकलाई आफ्नो दरबारको कौसीबाट अभिवादन गरिन् उनको दीर्घायुको कामना गर्दै कार्यक्रममा सहभागी दर्शकले भीडबाट उनको जयजयकार गरेका थिए।

शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर’ सैन्य परेड हेर्र्न हजारौं मानिसहरू चहकिलो घाममा लण्डनको मध्य भागमा भेला भएका थिए ।

सिंहासनमा ७० वर्ष लामो समयसम्म रहेकी महारानीले लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाएकी छिन् ।

उत्सवमा ९६ वर्षीया महारानीको उपस्थिति रोग बिमार र हालैको गतिशीलताका कारण कम अपेक्षा गरिएको थियो । जव उनी दरबारको कौसीमा देखिएर सबै प्रशंसकलाई हात हल्लाएर अभिवादन गरिन् उनलाई त्यहाँ सहभागी जनमासले हर्षविभोर भएर सामुहिक स्वरमा उच्च प्रशंसा गरेका थिए ।

निलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा लौरोको सहायतामा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गरेकी थिइन् । महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए ।